२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मार्टिनेजको ह्याट्रिकमा इन्टर शीर्षस्थानमा

एजेन्सी

लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो ५०औं गोल हो ।

२७ खेलबाट इन्टरको ५८ अंक छ । समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ । चौथो स्थानको युभेन्टसको ५० र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक छ ।​ २२औं मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोलेका थिए । ४०औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । ५६औं मिनेटम मार्टिनेजले इन्टरका लागि ह्याट्रिक पूरा गरेका थिए । त्यसको आठ मिनेटपछि इडेन जेकोले इन्टरका लागि चौथो गोल गरे ।

६९औं मिनेटमा जेकोले गरेको गोलमा इन्टर सानदार जित पक्का गर्दै शीर्ष स्थानमा फर्किएको हो । इन्टरले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो खेलमा लिभरपुलको सामना गर्दैछ । पहिलो लेगमा इन्टरले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com