२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकाली नगरपालिकालाई

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकाली नगरपालिकालाई

दार्चुला । दार्चुला जिल्लाको सदरमुकाममा आयोजना भएको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला खेलकुद समिति दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिका वडा नम्बर ४ मा अवस्थित शिवनगर खेल मैदान र खुल्ला मञ्च खेल मैदानमा सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो । फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि महाकाली नगरपालिकाले जितेको छ ।

प्रतियोगितामा महाकाली नगरपालिका २१ स्वर्ण, ११ रजत र १० कास्य गरी ४२ पदकका साथ प्रथम भएको छ भने द्धितीय मालिकार्जुन गाउँपालिकाले ६ स्वर्ण, ६ रजत, र ३ कास्य गरी १५ पदक जितेको छ त्यस्तै मार्मा गाउँपालिका तृतीय स्थान संगै ३ स्वर्ण, ९ रजत, २ कास्य संगै १४ पदक हात पारेको छ ।

जिल्ला छनौट प्रतियोगितामा ९ वटै पालिका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, ब्याँस गाउँपालिका र अपि हिमाल गाउँपालिकाको सहभागिता रहेको थियो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा संचालन गरिएको पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडु ९कश्यप० प्रमुख अतिथि रहेका थिए भने महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर विशिष्ट अतिथि रहेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com