२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

माओवादी केन्द्र परित्याग गरि पुर्व जनमुक्ति सेना किरण दंगाल लगाएत १००औं को संख्यामा जनसमाजवादी पार्टीमा प्रवेश

काठमाडौँ । यतिबेला एकातिर राष्ट्रघाती एमसिसीको कारण माओवादी केन्द्रका मुल नेतृत्व तहमा नै ठुलो घम्साघसी परिरहेको छ जसको कारण पार्टी विभाजनसम्म को हल्ला चलिरहेको छ। भने अर्कोतिर तल नेता कार्यकर्तामा निराश र असन्तुष्ट छाएको छ । जसको परिणाम माओवादी पार्टी परित्याग गर्नेहरुको संख्या बड्दै गोइरहेको छ।

यहि क्रममा अब प्रचण्ड बाट क्रान्ति सम्भावना नभएको र प्रचण्डले बाहिर राष्ट्रवादको भ्रम छाडेर भित्र साम्राज्यवाद र विस्तारवादको कित्तामा उभिदै आएको निष्कर्ष निकाल्दै आज लामो समय अझ भनौं बाल्यकाल देखि नै माओवादी पार्टीमा त्याग समर्पण गरेका पुर्व जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका संस्थापक संयोजक कृष्ण प्रसाद दंगाल कमरेड किरण, माओवादी पार्टीका नेताहरू दुर्गादत्त पोखरेल, श्याम बहादुर थापा, अर्जुन खनिया लगायत सयौंको संख्यामा जनसमाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन।

नव प्रवेशीहरुलाई जनसमाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष सुवासराज काफ्ले ज्यु, ले अविर र दोसल्ला ओडाएर स्वागत गरेका थिए। भने सम्बोधनको क्रममा यतिबेला देश जटिल मोडमा उभिएको यतिसम्म कि राष्ट्र रहने वा नरहे राष्ट्रको अस्तित्व नै समाप्त हुने खतरा बढेकोले सम्पुर्ण राष्ट्रवादी देश भक्तीहरु राष्ट्र घातीहरुको विरुद्ध गोलबन्द भएर लड्न आवश्यक रहेको बताउनु भयो ।

त्यसै क्रममा अब क्रान्तिका कार्यभार पुरा गर्ने जिम्मा तपाई हाम्रो काँधमा आएको ले हिजो १० वर्षे जनयुद्ध सफल बनाउन तपाईहरुको अमुल्य योगदान रहेकोले अब आफैं नेतृत्व गर्दै देश र जनताको भाग्य र भविष्यको फैसला गर्ने अठोटका साथ निरन्तर संघर्षमा जुट्न निर्देशन दिनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com