२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाइयो : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाइएको बताएका छन् ।

शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि नबढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग लगाइएको बताएका हुन् ।

थापाले न्यायपालिकालाई सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गरे । त्यस्तै उनले लामो समयदेखि सदन अबरुद्ध हुदा पनि दलहरु गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राखे ।

उनले दलहरुकै कारण मुलुकको राष्ट्रियता कमजोर भइरहेको र नेपालमा विदेशीको चलखेल बढ्दै गएको उल्लेख गरे । त्यस्तै थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको पनि बताए ।

उनले राप्रपा नेपालको एजण्डेलाई स्थापित गर्न नयाँ शक्तिका साथ जनतामाझ जाने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com