२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

व्यापारी मृत्यु प्रकरण : सई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेतका कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर सुब्बाकुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेका छन् । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ बर्षीय हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी इञ्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न गरेका हुन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट गरेर मृत्यु भएको उनीहरुको आरोप छ ।

जाहेरीमा भनिएको छ, ‘भे १ क ९२२ को मिनीट्रकका सहचालक तिलक शाही पूर्व चिनजानका मानिस समेत भएकाले निजका साथमा नेपालगन्जतर्फ गएको सो ट्रकमा खुद्रा समान लोड गरी सुर्खेततर्फ फर्कने क्रममा सुब्बाकुना आइपुगेको समयमा हमाल सवार गाडी रोकी चौकीमा इन्ट्री गर्न गएको समयमा नानाभाँती गाली गलौच गरी गाडीका कागजात माग गर्नु भएमा गाडी चौकीभित्र हाल्न लगाई ड्राइभरले गाडीभित्र हाली निज सहचालक तिलक शाहीलाई कुटपिट गरेपछि मृतक हमालले ड्राइभरलाई किन पिट्नुभयो रु भनेर सोध्ने क्रममा निज शेरसिंह धामीले जबरजतस्त सडकबाट गेटभित्र लगेका थिए । त्यहाँ हमाललाई मरणासन्न हुनेगरी कुटपिट हानमार गर्दे ड्राइभर तिलक शाही र मृतक हमाल समेतको भिडियो बनाए । त्यसलगत्तै अर्को आउँदै गरेको ट्रकमा प्रहरी इञ्चार्ज शेरसिंहले मृतक हमाल र ड्राइभर शाहीलाई बाँगेसिमलसम्म पुर्याइदिनु भनी गेट बाहिर पठाईएको हो ।’

दर्ता गराइएको जाहेरीमा हमालको प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ। हमालले आफ्नो संवेदनशिल अंगमा कुटपिट गरी म असक्त भएको बताएको पनि जाहेरीमा उल्लेख छ । वीरेन्द्रनगरकै चाइना पुल पुग्दा अन्य सबैजना गाडीबाट निस्कँदा उनी निस्कन सकेनन्, ’जाहेरीमा भनिएको छ,‘ त्यसपछि उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरिसकेपछि गाडीमा पुग्दा कृष्ण बेहोस अबस्थामा भेटिए । हतारमा सुर्खेत अस्पताल भर्ना गर्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com