२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

जनसेवा न्युज डटकम संवाददाता

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समय सीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्पन्न गरेको हो । शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए ।
उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छपाई भएको बताए । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए । उनले मतपत्र छाप्ने काम चुनौतिपूर्ण रहेपनि समय भन्दा अगावै सबैको सहयोगमा छपाई कार्य सम्पन्न भएको बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ । न्युज एजेन्सी नेपाल

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com