२०८१ चैत्र ९ - Sat Mar, 2025 -

Janasewa News

शंखरापुरका जनतामाथि राज्यले बल प्रयोग गर्‍यो : सांसद प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा निर्माण हुने सबस्टेसनले जनताको उठीबास हुने अवस्थामा पुगेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै गौतमले सरकारसँग सबस्टेसन निर्माणको विकल्प हुँदाहुँदै पनि त्यहाँका जनतामाथि राज्यले बल प्रयोग गरेको बताइन् ।

‘राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताले गर्न थालेका छन् । प्रशासन र नागरिकबीच भएको द्वन्द्वले त्यस क्षेत्र रणभूमिमा परिणत भइरहेको छ,’ गौतमले भनिन्, ‘त्यहाँका जनता विकास विरोधी होइनन् । तर, राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको छ ।’

जनताको भावनालाई कदर गर्दै बल प्रयोग नगर्न उनले सरकारसँग आग्रह गरिन् । विकासलाई जनता स्वंयले आत्मसात् गर्न पाउनु पर्ने गौतमले बताइन् ।

जनताको आवाजलाई बेवास्ता गरी सरकार उम्कन नहुने बताउँदै उनले भनिन्, ‘त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रूपमा वार्ता गरी लाठी नभाँचियोस् सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सभामुख महोदय मार्फत् सरकारको ध्यानाकर्षण गराउँदछु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com