२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बहिर्गमित जनमुक्ती सेनाका सचिवालय सदस्य कमरेड मिसन शेर्पालाई पितृ शोक

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका सचिवालय सदस्य (कमरेड) मिसन शेर्पालाई पितृ शोक परेको छ । उनका पिता चम्देन शेर्पाको असामयिक दुखत निधन भएको हो ।

ताप्लेजुङ मेरिङदेन २ सान्याक्रा निवासी चम्देन शेर्पाको ७२ बर्षको उमेरमा उपचारकै क्रममा २०७८ चैत १४ गते दुःखद निधन भएको बहिर्गमित जनमुक्ति सेना नेपालका ईन्चार्ज असिम आङबुहाङ लिमबु, र अध्यक्ष रमेश बसेल (करन) को संयुक्त हस्ताक्षरमा मृतक चम्देन शेर्पाप्रति हार्दिक श्रद्धान्जली एवं शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै वक्तव्य जारी गरी सार्वजनिक गरेको छ ।

शोक वक्तव्य :

हाम्रो महान तथा गौरवशाली संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका सचिवालय सदस्य कमरेड मिसन शेर्पाको बुवा ७२ वर्षीय चम्देन शेर्पाको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै मर्माहित बनाएको छ।

लामो समयदेखि क्यान्सरको उपचार गराउँदै आउनु भएका बुबाको उपचारकै क्रममा २०७८ चैत १४ गते दुस्खद निधन भएको छ। आदरणीय बुबाप्रती सिङ्गो संगठन भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। कमरेड मिसन शेर्पा लगायत सम्पुर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

  इन्चार्ज 

……………………….
असिम आङबुहाङ लिम्बु

अध्यक्ष 

………………….
रमेश बसेल (करन)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com