२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नाबालिग गायिकामाथि जबर्जस्तिकरणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ । आज जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि अभिनेता शाहलाई ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । तर, हप्ता दिनमा प्रहरीले अनुसन्धानलाई पूर्णता दिन नसकेपछि थप अनुसन्धानका लागि समय मागेको थियो ।

थप समयका अभिनेता शाहलाई जिल्ला अदालत लगिएको थियो । अदालत थप समय दिएसँगै भोलिदेखि अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।

गत फागुन १५ गते अभिनेता शाहले आफै तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com