२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

महिलाहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन :अध्यक्ष प्रचण्ड

जनसेवा न्युज संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनको आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको प्रशंशा गरेका छन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार एक शुभकामना दिँदै प्रचण्डले आजको दिन विश्वभरका महिलाहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।

‘मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो’, प्रचण्डले भनेका छन्, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।’
उनले महिलाहरुको बलिदानीपूर्ण संघर्षका कारण जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको पनि उल्लेख गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी महिलाहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु सहित उत्तरोत्तर प्रगतिको कामना शुभकामनासन्देशमार्फत गरेका छन् ।

यस्तै प्रचण्डले वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको पनि उल्लेख गरेका छन् ।
प्रचण्डले २१ औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन समेत अपिल गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com