२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

पहिलो अन्तरिक्षयात्री बन्न लागेकी दङ्गाली ज्योतिलाई बधाईको ओइरो

पहिलो अन्तरिक्षयात्री बन्न लागेकी दङ्गाली ज्योतिलाई बधाईको ओइरो

रुपन्देही । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङ निवासी नरबहादुर केसीकी २७ वर्षीय छोरी ज्योति केसीले एनागन अन्तरिक्षको प्रशिक्षण पूरा गरेपछि केसी परिवारमा मात्रै होइन सो क्षेत्रका सबैमा उत्साह छाएको छ ।

उनलाई धेरैले पहिलो पटक अन्तरिक्ष जान पाउने नेपाली भन्दै सामाजिक सञ्जालमा बधाई दिनेहरूको ओइरो लागेको छ ।

अध्ययन सकाएर असार १ गते गृह जिल्ला आएकी केसीलाई अहिले आफ्नो क्षेत्रको प्रतिष्ठा बढाएको भन्दै स्थानीयले सम्मान गर्न थालेको छन् । उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले सबै दङ्गालीलाई खुसी बनाएको उनका बुवाका साथी उदय जीएमले बताएका छन् ।

‘यो केसी परिवारमा मात्रै होइन हामी सबैका लागि गौरवको विषय हो’ उनले भने । उनी पढेको भालुवाङको विद्यालयले शनिवार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको जीएमले बताएले बताए ।

केसीका छिमेकी पत्रकार सुमन अधिकारीले ज्योति नेपालबाट अन्तरिक्ष जान पाउने सम्भवतस् त पहिलो भाग्गमानी बन्ने भएकाले छिमेकीलाई उत्साह छाएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com