२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सिटौला भन्छन्- कम्तीमा राष्ट्रिय सभामा राजावादी छैनन्

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्तिमा राष्ट्रिय सभामा राजावादीहरू नभएको टिप्पणी गरेका छन् ।

संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सभाको औचित्यतामाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभामा संघीयतावादी र संघीय लोकतान्त्रिक गणतन्त्रवादी रहेको भन्दै खुसी व्यक्त गरे ।

‘राष्ट्रिय सभामा कम्तीमा राजावादी छैनन् । हामीले राजा फ्याँक्नुपर्छ भनेका हौं । त्यहाँ सबै संघीयतावादी, लोकतान्त्रिक गणतन्त्र मान्ने मान्छेहरू छन् । हामी एकमत छौं । यो राम्रो पक्ष भएको बेलामा केही स्टेप अघि छौं,’ सिटौलाले भने ।

उनका अनुसार राष्ट्रिय सभाको आफ्नै फरक प्रकृतिको शैली छ ।

फरक प्रसंगमा उनले प्रदेश र स्थानीय तहबारे संविधानमा भएको परिभाषा अनुसार अघि बढ्न नसकिएको बताए ।

‘खासगरी प्रदेश र स्थानीय तहको सन्दर्भमा जसरी संविधानले परिभाषा गरेको छ । त्यसमा काम गर्न सकिएको छैन । कतिपय साझा अधिकारको विषय छन् । प्रदेश र स्थानीय तहको बारेमा मात्रै कुरा गरिएको छ,’ सिटौलाले भने ।

राष्ट्रियसभाले संघीयताको कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको कुरा सुन्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com