२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

समग्र दलित महिलामाथी रास्वपा पार्टीले अन्याय गर्यो यसका विरुद्ध हामी सशक्त आवाज उठाउछौ : कल्पना रोक्का

जनसेवा न्युज डटकम संवाददाता

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर असन्तुष्टि चुलिएको छ । उक्त पार्टीका दलित महिलालाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस नगरेको पाइएको छ ।यद्यपी दलित समूहबाट महिलामा पहिलो नम्बरमा रहेका कल्पना रोक्का भने सिफारिस हुनबाट रोकिएकी छन् ।

रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथी अपमान गरेको बताईन । उनले भनिन, ‘पार्टीका नेताले भाषणामा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ । तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावाली हेर्दा थाहा भैहाल्यो नि २ जना दलित समुदायबाट पठाउदाँ एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो ।

उनले भनिन् पार्टीले यस्तो निर्णय गर्नुले समग्र दलित महिलामाथी अन्याय भएको छ । यसका विरुद्ध हामी सशक्त आवाज उठाउछौ । पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ ।’

संबिधानमै उल्लेख भएको समानुपातिक प्रतिनिधित्वको विषयलाई पार्टीले वेवास्ता गरेको कल्पना रोक्काले बताईन् ।

अर्का केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पनी असन्तुष्टि जनाएका छन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुल ढकालले आफ्नो गुरुआमालाई गुरुदक्षिण र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका हुन् ।

‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

‘१२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पु¥याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यही हो । विधि त्यही हो । त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दीपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो,’ उनले भनेका छन्, ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

उनले रास्वपालाई समर्थन गर्ने समर्थकहरूको व्यक्तिगत अधिकार रहेको कुरा गर्दै उनले आफ्नो ब्रम्हले सही ठानेको निर्णय गर्न अपिल पनि गरेका छन् । ‘रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला,’ उनले लेखेका छन्, ‘पुनश्च: फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असीम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ । पुनः पुनश्च: माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।’उनले रास्वपालाई समर्थन गर्ने समर्थकहरूको व्यक्तिगत अधिकार रहेको कुरा गर्दै उनले आफ्नो ब्रम्हले सही ठानेको निर्णय गर्न अपिल पनि गरेका छन् । ‘रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला,’ उनले लेखेका छन्, ‘पुनश्च: फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असीम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ । पुनः पुनश्च: माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com