२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

डाबर नेपालले सार्वजनिक गर्‍यो ‘डाबर वाटिका नेचुरल्स श्याम्पू’

काठमाडौं । डाबर नेपालले ‘डाबर वाटिका नेचुरल्स श्याम्पू’ सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सेलिब्रेटी ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एच्।एस्।बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले ‘डाबर वाटिका नेचुरल्स श्याम्पू’ सार्वजनिक गरेका हुन् ।

डाबर नेपालले नेपाली श्याम्पू बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय वाटिका श्याम्पू उपलब्ध गराएको छ । ‘डाबर भाटिका नेचुरल्स श्याम्पू’ तीनवटा भेरियन्टमा पाइने कम्पनीले जनाएको छ ।

ब्ल्याक साइन श्याम्पू कालो र चम्किलो कपालको लागि, थिक एण्ड लङ्ग श्याम्पू बाक्लो र लामो कपालको लागि तथा एन्टि डान्ड्रफ श्याम्पू चाँया मुक्त कपालको लागि बनाइएको कम्पनीले जनाएको छ ।

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन्, जसले कपालको विशेष समस्याहरुको समाधान गर्ने र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग तथा कन्डिसियनिङ दिने कम्पनीको दाबी छ ।

डाबर नेपालको व्यापार प्रमुख एच। एस। बेदीले भने, ‘डाबर वाटिका नेचुरल्स श्याम्पू’को लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

त्यस्तै मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर वाटिका नेचुरल्स श्याम्पू’ आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’

‘डाबर वाटिका नेचुरल्स श्याम्पू’ १७० एम।एल।, ३३० एम।एल। र ६५० एम।एल।का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध रहेका छन्, भने ७ एम.एल. र ३.५ एम।एल।को स्यासेमा पनि उपलब्ध छ । ३३० एम।एल।को बोतलमा पम्पको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com