२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक । मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे छ। भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो ।
बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

अकल्पनीय मेलम्चीरइन्द्रावती बाढी पश्चात् बाढी पीडितहरूको मुहारमा खुसी झल्काउने गरि मेलम्ची इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजना समावेशसहित ४ करोड विनियोजन भएकोमा बाढी प्रभावित समेत रहेका नेकपा माओवादी जिल्ला कमिटी सदस्य सिपी दुलालले बताए।

मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढि प्रभावित खुसी भएका छन् ।

प्रदेश सरकार संचालन संयोजक , पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्यसमेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com