२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

यी ६० जिल्लामा आउन सक्छ बाढी, हेटौँडामा भारी वर्षा

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भइ बग्ने कर्रा, सम्री खोला र अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनेले दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बागमती, नारायणी, कर्णाली, पश्‍चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर आसपास भई बहने केहि स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (ब. सु. पु), नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, पाल्पा आसपास भई बहने केहि स-साना नवीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com