२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेका छन् : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरू र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताएका हुन् । अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्परिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनकाे भनाइ छ । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरूपता ल्याउन र मुलुकको हित हुने गरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले सबै दलको सहमतिमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com