२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट

जनसेवा न्युज संवाददाता

फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ । फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com