२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

१४ सांसदलाई घर न घाटको बनाउने ओलीको षड्यन्त्र असफल : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई घर न घाटको बनाउने षडषन्त्र भएकाले एमसीसी पास गरिएको बताएका छन् ।

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एकीकृत समाजवादीको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको बताए ।

उनले केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भएपनि पारित गरेर गठबन्धन जोगाएको समेत बताए ।

साथै अध्यक्ष नेपालले एमसीसीको बारेमा पार्टीका केही नेताको भनाइप्रति आपत्ति जनाए । अध्यक्ष नेपालले आफ्नै नेताले एमसीसीबारे अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिए । तर, उनले ती नेताको नाम भने बताएनन् । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसीबारे फरकमत राख्दै आएका छन् ।

‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस्, स्पष्टिकरण सोध्नुपर्ने नहोस्’ अध्यक्ष नेपालले भने, ‘ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com