नायिका करिष्मा मानन्धर एमालेमा प्रवेश गर्दै
काठमाडौँ । नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गर्ने मनस्थिति बनाएकी छिन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी छिन् ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मितिसमेत टुंग्याएकी छिन् । बालकोट स्रोतले इकागजलाई दिएको जानकारीअनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश गर्नेछिन् । उनले आफू एक्लै टीका लगाएर प्रवेश नगर्ने बरु साथीहरूसहित प्रवेश गर्ने बताएपछि वैशाख ९ का लागि औपचारिक कार्यक्रम तय भएको हो ।