२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सरकार र बालकुमारी घटनामा मृत्यु भएका परिवारबीच ४ बुँदे सहमति

सरकार र बालकुमारी घटनामा मृत्यु भएका परिवारबीच ४ बुँदे सहमति

काठमाडौँ- सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो ।

गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह रहेका छन् ।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेकोमा आज मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने सहमत भएको छ ।

त्यसका साथै सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ । दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने सहमति भएको छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ ।

सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com