२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भक्तपुरमा युवतीको हत्या प्रकरणमा दुई जना पक्राउ

भक्तपुरमा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी वर्ष २८ की जेनिशा नगरकोटीको यही फागुन २३ गते राति हत्या भएको थियो ।

हत्याको आरोपमा काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डेवेशी घर भइ हाल भक्तपुर नगरपालिका वडा नं. १० थलाछे बस्ने बर्ष ४४ का रमेश भन्ने कुमार लामा र काभ्रे भुम्लु गाउँपालिका वडा नं. ४ चौवास स्थायी घर भई भक्तपुर नगरपालिका वडा नं. ८ महेश्वरी बस्ने वर्ष ३८ का नवराज रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार २३ गते करिब १० बजेतिर भक्तपुर, चाँगुनारायण न.पा वडा नं. ७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र युवतीको घाँटी रेटि हत्या भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान यो घटना मादक पदार्थ सेवन त्यसपछि यौन विवादका कारण भएको देखिएको छ । आरोपीलाई प्रहरीले बुधबार पक्राउ गरेको र आज बिहीबार ज्यान सम्बन्धि कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com