२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेकपा एकीकृत समाजवादीले छान्यो प्रदेशका ९ समानुपातिक सांसद

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ । त्यसैगरी वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ खस आर्यबाट मायादेवी शर्मालाई  छनोट गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com