२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

दोलखामा पहिरोले नौ घर बगायो, ४ जना बेपत्ता, ३ को सकुसल उद्धार

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिकामा गएको पहिरोले नौ घर बगाएको छ । गाउँपालिकाको वडा नं. ८ मा गएको पहिरोमा परी चार जना बेपत्ता रहेको वडाध्यक्ष दावा रेन्जी शेर्पाले इकागजलाई जानकारी दिए ।

उनकाअनुसार वडा नं. ८ मा रहेको टोपाटारमा ६ घर र सल्लेमा ३ घर पहिरोले बगाएको हो । टोपाटार निकै विकट गाउँ हो । वडाध्यक्षको टोली अहिले त्यसतर्फ जाँदैछ । ‘पैदल जानुपर्छ, अझै त्यहाँ पुग्न २ घण्टा लाग्छ,’ अध्यक्ष शेर्पाले टेलिफोनमा इकागजसँग भने, ‘हामीले फोनबाट पाएको जानकारी हो, त्यहाँ पुगेपछि थप क्षतिबारे जानकारी हुन्छ ।’

टोपाटारमा बस्ती माथिबाट आएको पहिरोले गएराति घर बगाएको हो । त्यहाँ स्थानीयले ३ जनालाई सकुसल उद्धार गरेका छन् । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए ।

सल्लेमा भने बिहीबार साँझ घर बगाएको हो । अध्यक्ष शेर्पाकाअनुसा त्यहाँ घर र गोठ बगाउँमा मानवीय क्षति नभएको जानकारी आएको छ । बाख्रा र भै्रसीहरु बगाएको स्थानीयले जानकारी गराएको उनले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com