२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कर्णालीका दश जिल्लामा पानीको परीक्षण गरिँदै

कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने ९किट बक्स० उपकरणसहित १० जिल्लामा पठाएको हो ।

विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । तालिममा सिकेको सिप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एक वटा पानीको शुद्धता मापन मेसिन पनि पठाइएको छ । प्रत्येक मेसिनलाई २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए ।

कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको मन्त्रालय सचिव डाक्टर जगदीश कर्माचार्यले बताए । फोहर पानी पिउँदा धेरैलाई पानी जन्य रोग देखा परेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com