२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

एजेन्सी । म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।

डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ । खेलाडीको एजेन्टको शुल्कका साथै साइन(अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना छ।

बार्सिलोना र पेरिस सेन्ट -जर्मेनले पनि उनीबारे चासो देखाउँदै छ तर सिटीको सबैभन्दा महत्त्वपूर्ण प्रतिद्वन्द्वी रियल म्याड्रिड हो, जसले गोल मेसिनको हस्ताक्षरको लागि अन्तिम संघर्ष जारी राख्नेछ। हालान्डले बुन्डेसलिगा टोलीका लागि ७९ खेलमा ८० गोल गरेका छन् र करियरमा १९० खेलबाट १४९ गोल गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com