२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

बार्सिलोनाले रियल बेटिसलाई पराजित गर्दा लामिनेको कीर्तिमान

काठमाडौँ- स्पेनिस ला लिगामा बार्सिलोनाका लागि खेलेका विंगर लामिने यामलले कीर्तिमान कायम गरेका छन् । १५ वर्षीय लामिने बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

ला लिगाअन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ४-० ले पराजित गर्दा लामिने मैदानमा उत्रिएका थिए । उनी गाभीको स्थानमा ८४ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

१५ वर्ष २ सय ९० दिनको हुँदा बार्सिलोनाका लागि खेलेका लामिने ला लिगा खेल्ने कम उमेरका पाँचौ खेलाडी हुन् ।

रियल बेटिसमाथि जित दिलाउन बार्सिलोनाका लागि एन्ड्रियास क्रिस्टेनसेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले एक-एक गोल गर्दा रियल बेटिसका गुइडो रोड्रिगेजले एक आत्मघाती गोल गरे ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३२ खेलबाट ७९ अंक जोडेको छ । रियल बेटिस भने ४९ अंकसहित छैटौ स्थानमा छ ।

यता दोस्रो स्थानको रियल मड्रिडले अल्मेरियालाई ४-२ ले पराजित गर्‍यो । रियलको ३२ खेलमा ६८ अंक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com