२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

एजेन्सी । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ ।चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।

युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।

जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् ।रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com