२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा

रासस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना ९एमसीसी० लिइएको बताएका छन् । काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन् ।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।”

काँग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसीसीको पक्षमा उभिएको उनको तर्क छ । “एमसीसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उनले भने, “यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com