२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

थप २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ५८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन् भने १४८ जना संक्रमित निको भएर घर फर्किएका छन्। २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com