२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

माओवादीसँंग नेसपा एकता भएको गलत प्रचार गरियो : अध्यक्ष भट्टराईले

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन् ।

राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरू माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए ।

भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गरे । अहिले आफुहरूसँग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए । त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले मुलुकलाई स्थिरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापितका लागि निरन्तर आवाज उठाउने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com