२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ओसासुनामाथि ४० को फराकिलो जित निकाल्दै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनाले २७ खेलबाट ५१ अंक जोडेको छ भने समान ५१ अंक भएपनि एट्लेटिको म्याड्रिड पछि परेको छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ ।

नोउक्याम्पमा बार्सिलोनालाई सानदार जित दिलाउनको लागि फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक(एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा टोरेसले नै गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर पारे ।

२७औं मिनेटमा इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३Þ–० ले अघि बढाए । ७५औं मिनेटमा परिवर्तित रिकी पुचले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com