राष्ट्रियताको मुद्दालाई अझ सशक्त बनाउन जनसमाजवादी पार्टी नेपालले गर्यो कार्यबिभाजन

जनसेवा न्युज संवाददाता
काठमाडौँ । स्थापना कालदेखि नै राष्ट्रियताका मुद्दा लाई निरन्तर रूपमा उठाउदै आएको जसमध्ये पछिल्लो समय सिमा समस्या, नागरिकता विधेयक र एम सि सि जस्ता राष्ट्रघाती कदमको विरुद्ध सशक्त संघर्ष गर्दै आएको जनसमावादी पार्टी नेपालले राजनीतिक सुदृढीकरण गर्दै राष्ट्रियता, जनजिबीका र जनसरोकारका विषय लाई जनताको सामु छर्लङ्ग बनाउन, चुनाव लाई उपयोगको रणनीति र संगठन सुदृढीकरण अभियान लाई तिव्रता दिने भएको छ।
फागुन १४ गते बसेको जनसमाजवादी पार्टी नेपाल को केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष सुवास राज काफ्ले को निर्देशनमा उपाध्यक्ष हरि बहादुर बोहराको संयोजकत्वमा ९ सदस्यीय वार्ता तथा संगठन विस्तार समिति गठन भएको थियो । उक्त समितीको बैठक फागुन २२ गते बसि विभागीय जिम्मेवारी, प्रदेश संयोजक र जनवर्गीय संगठनको संयोजक को जिम्मेवारी दिने निर्णय गरो र उक्त प्रस्ताव गरिएका विषयहरु मध्ये विभागीय जिम्मेवारी केन्द्रीय कमिटीको मिटिङले टुंगाउने गरि प्रदेश र जनवर्गीय संगठन लाई तत्काल विस्तार गर्न जिम्मेवारी पाएका व्यक्तिहरु लाई बधाई तथा शुभकामना दिदै इमानदार र कर्तव्यनिष्ठ का साथ आफ्नो जिम्मेवारी पूरा गर्न अध्यक्ष ज्युले निर्देशन दिनुभएको कुरा पार्टी सचीव गोविन्द बहादुर बुढाले जन सेवा न्युज लाई जानकारी दिनु भयो।
त्यस अन्तर्गत पार्टीका निर्णय लाई व्यबहारमा उतार्न प्रदेश, जिल्ला, नगर हुँदै वडा स्तरसम्म र जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन हाल ५ वटा प्रदेश र ५ वटा जनवर्गीय संगठनका संयोजक हरु तोकिएको छ।
जिम्मेवारी पाउने व्यक्तिहरु :
प्रदेश कमिटी :
१.प्रदेश नम्बर १ संयोजक : असिम आङ्बुहाङ्ग लिम्बू (सुनिल)
२. बागमती प्रदेश संयोजक : रमेश बसेल (करन)
३. गण्डकी प्रदेश संयोजक : दुर्गा दत्त पोखरेल
४. लुम्बिनी प्रदेश संयोजक : मीन बहादुर सुनार
५. कर्णाली प्रदेश संयोजक : नृप हमाल
जनवर्गीय संगठन
१. जनवादी युवा संगठन संयोजक : योग्य बहादुर कार्की (प्रदीप)
२. जनवादी विद्यार्थी संगठन संयोजक : भिम बहादुर तामाङ (वेल्सन)
३. जनवादी खेलकुद संगठन संयोजक : फणिन्द्र राई
४. जनवादी उद्योग व्यवसायी संगठन संयोजक : अशोक टेलर
५. जनवादी केन्द्रिय सम्पर्क मन्च संयोजक : राजन दाहाल



