२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका छन् । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताए ।

मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न नसकेको बताए । नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’

खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको भन्दै धोती कुर्तामा राष्ट्रवादी नदेख्ने गरेको उनको भना भनाइ छ । महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’

त्यस्तै मधेस प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुको भूमिका प्रदेशसभामा रहेकाले कानून निर्माणका हामीले विशेष ध्यान दिने बताए । यो ४ वर्षको अवधिमा थुप्रै कानूनहरु निर्माण गरिएको गर्दै प्रदेशसभा सदस्य साहले आउने दिनमा कानून कार्यान्वयनपछि परिवर्तन देखिने बताए ।

मधेस सरकारले संचालनमा ल्याएको बेटी पढाऊ​, बेटी बचाऊु अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले मारेको साहले बताए । निष्पक्ष छानविनका लागि मुख्यमन्त्री लालबाबु राउतलाई मार्ग प्रशस्त गरेर सहयोग गर्न पटक पटक आग्रह गरेको उनले बताए । अख्तियारले छापा मारेको महिनौं बितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनले प्रश्न उठाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com