२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ हुने : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पार्टीका लागि जीवन–मरण –लाइफ एण्ड डेथ’ हुने बताएका छन् ।

बुधबार कमलादीमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ हुने अध्यक्ष प्रचण्डले बताएका हुन् ।

उनले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

आगामी निर्वाचनमा माओवादीलाई समाप्त पार्न विदेशी शक्ति हात धोएर लागिपरेको प्रचण्डको भनाइ थियो । प्रचण्डका अनुसार विदेशी प्रतिक्रियावादी शक्ति देशमा माओवादीबाहेक दुई वटा दलमात्रै बनाउन लागिपरेको छ ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ,’ अध्यक्ष प्रचण्डले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com