२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद

मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एसले दावी गरेपछि विवाद भएको छ ।

नेकपामा बैंकमा जम्मा भएको करिब १९ लाख रकम जम्मा भएको बताइन्छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतार हतार पार्टीको खाताबाट एकमुष्ट १० लाख रकम झिकेका थिए ।

माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेका रकम माओवादी केन्द्र र नेकपा एसले पाउनुपर्नेमा एमाले विवाद गरेको बताए । पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैकमा रहेको उनले बताए । यसैबीच, जनता समाजवादी पार्टी ९जसपा० ले प्रदेश सभासदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ । फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।

मधेश प्रदेश सभामा जसपाका ३८ जना सांसद छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिँदै आएको थियो । प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात नौ हजार १५३ रुपैयाँ कम गरिर सांसदहरूले तलब पाउँदै आएको थियो ।

त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार पाँच सय ३० रहेकोमा १५ प्रतिशत लेवी नौ हजार आठ सय २९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।
त्यसैगरी, नेपाली काँग्रेसले आफ्ना सांसदहरुबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रुपमा पैसा लिँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com