२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

लेटाङ घटनामा प्रहरी हत्याका दोषीलाई कारवाही गर्छौँ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने बताएका छन् । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेका स्थानीय र प्रहरीबीच गएराति भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो। आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीको अन्दाधुन्ध आक्रमणमा परी आइतबार राति प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । अहिले घटनास्थल आसपासमा कफ्र्यू लगाइएको छ । लेटाङमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com