२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भए: नेता पौडेल

दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्।

कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गरे। उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो ।

खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं, उनले भने, व्यासमा थुप्रै पूर्वाधार बनेको छ, कांग्रेसले जितेका कारण यो सम्भव भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com