२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

लागुऔषध र करणी मुद्दामामा पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजासहित पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बस्ने २५ वर्षीय मनोज कुमारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा प्र ०३–०१–००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

करणी अभियोगमा पक्राउ

उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोप छ ।

उक्त सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com