२४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी कूल ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अुनसार हाल देशभर तीन हजार १३५ कोरोना संक्रमित रहेका छन् ।