२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अमेरिकाः सिकागोमा मात्रै गोली प्रहार गरी हप्तान्तमा पाँचको मृत्यु, १६ घाइते

अमेरिकाः सिकागोमा मात्रै गोली प्रहार गरी हप्तान्तमा पाँचको मृत्यु, १६ घाइते

एजेन्सी । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।

ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् ।पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो पटक शनिबार दिउसो १२ः१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ बर्षिय एक महिलाको हत्या भएको छ ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् ।

यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com