२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न जनमोर्चाको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न जनमोर्चाको माग

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमार्फत केपी ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्न सफल भएको दावी गरेको छ । केन्द्रीय सचिवालयको विस्तारित बैठकपछि मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन परिणामले प्रतिगमनविरुद्ध भएको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको उल्लेख छ ।

‘स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको परिणाम नै प्रतिगमनलाई परास्त गर्न सफलता प्राप्त भएको छ’, राष्ट्रिय जनमोर्चाको निष्कर्ष छ ।

साथै जनमोर्चाले पाँच दलीय गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा आफ्नो दललाई तुलनात्मक रुपमा बढि सफलता मिलेको पनि जनाएको छ । ‘गत निर्वाचनमा हामीले गाउँपालिकास्तरको नेतृत्वमा मात्र विजय प्राप्त गरे पनि नगरपालिकामा जीत हासिल गर्न सकेका थिएनौं’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर यो निर्वाचनमा हामीले गाउँपालिकाका साथै केही नगरपालिकाका नेतृत्व तथा सह–नेतृत्वमा समेत विजय हासिल गर्न सफल भएका छौँ ।’

जनमोर्चाले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोध गर्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । ‘हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनतालाई निकै नै आहत पुर्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको मूल्यबृद्धिको कडा विरोध गर्दै उक्त मूल्यवृद्धि फिर्ता लिन तथा बढ्दो महँगीलाई नियन्त्रण गर्न सरकारलाई प्रभावकारी कदम चाल्न बैठकले जोड दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com