२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

अहिले बामपन्थी एकता हुन सक्दैन : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताएका हुन् । आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकताबद्ध गरेको स्मरण गर्दै केही मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उनले बताए ।

ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केही व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राखे । एमालेलाई मजबुत बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उनले बताए ।

त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com