२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एमाले केन्द्रीय कमिटी : आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधबार प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ ।

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको सो बैठकमा बुधबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com