२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

माओवादी गण्डकी प्रदेशमा पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ ।

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com