२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

‘एउटै कोठामा लुकेका थिए महिला–बालबालिका, हमलाकर्ताले आगो लगाइदिए’

एजेन्सी । भारतको पश्चिम बंगालको बीरभूम जिल्लाको बोगटुई गाउँमा आठजनालाई जिउँदै जलाएको मामिलामा कोलकाता हाइकोर्टले बंगाल प्रहरीसँग रिपोर्ट मागेको छ । यसैबीच पीडित परिवारका केही सदस्यले अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेससँग कुराकानीमा हैरान पार्ने दाबी गरेका छन् । परिवारका अनुसार महिला र बालबालिका सबैजना एउटै कोठामा लुकेका थिए र हमलाकार्ताले उनीहरुलाई आगो लगाइदिए । इन्डियन एक्सप्रेसको यो खबरलाई प्रमुखताका साथ स्थान दिएको छ ।

पीडित परिवारका १० जनाको सोमबार राती मृत्यु भएको आरोप छ तर प्रहरीले आठ जनाको मृत्यु भएको दाबी गरिरहेको छ । ती आठ शव पनि परिवारलाई नसुम्पिइ प्रहरीले मंगलबार अबेर राती गाडिदिएको पनि आरोप छ ।

पीडित परिवारका एक सदस्य मिहिलाल शेखले अखबारसँगको कुराकानीमा भने, ‘हाम्रो परिवारका सदस्य, महिला, बच्चा र ज्वाईं जो हामीलाई भेट्न आएका थिए, सबैजना एउटा कोठामा लुकेका थिए । तर हमलाकर्ताले त्यहाँ आगो लगाइदिए र सबैजना मारिए । हाम्रो परिवार सिद्धियो, खरानी मात्रै बाँकी भयो ।’ मिशिलाल शेखले यो हमलामा आफूले परिवारका सात सदस्यलाई गुमाएको जसमा उनकी आमा, श्रीमती, बहिनी, आठ वर्षकी छोरी, भाइकी श्रीमती, भाइकी छोरी र ज्वाईं समावेश छन् ।

मिहिलालका अनुसार प्रहरीले मंगलबार अबेर राती शव गाडिदिएका छन् र यसका लागि अनुमति पनि लिइएको थिएन । उनी भन्छन्, ‘हामी डीएमलाई पनि सम्पर्क गर्न सकेनौँ, प्रहरीले शव हामीलाई सुम्पिनु पर्दथ्यो । यसको साटो शवलाई गाउँमा नै गाडिएको हामीले थाहा पायौँ । यो हामीलाई स्वीकार्य छैन ।’

यो हिंसा पछि बिजेपी लगातार ममता बनर्जी र टिएमसीमाथि हमला गरिरहेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी बिहिबार पनि बिरभूम जिल्लाको बोगटुई गाउँको भ्रमण गर्नेछिन् । अर्कोतर्फ प्रदेश कांग्रेस अध्यक्ष अधिर रञ्जन चौधरी र बिजेपीका पाँच सदस्यीय केन्द्रीय टिम पनि आज त्यो गाउँमा पुग्नेछ । त्यसैले जिल्ला प्रशासन असाध्यै सतर्क छ । यसअघि बुधबार पनि सिपिएम र बिजेपीका प्रतिनिधिमण्डलले उक्त गाउँको भ्रमण गरेका थिए ।

घटनाको तेस्रो दिन पनि गाउँमा भारी आतंक छ । त्यहाँ प्रहरी र र्यापिड एक्सन फोर्सका अत्यधिक जवान तैनाथ गरिएका छन् । यो मुद्दामा तृणमूल कांग्रेस र विपक्षी राजनीतिक दलबीच घमासान चलिरहेको छ । बिजेपी त ममता बनर्जीको राजीनामा र राज्यमा केन्द्रीय हस्तक्षेपको माग गरिरहेको छ ।

ममताले बुधबार भनेकी थिइन्, ‘यो मामिलामा दोषीलाई उन्मुक्ति दिइने छैन । विपक्षी दल घटना स्थलमा जाने भएकोले नै मैले आफ्नो कार्यक्रम एक दिन सारेको हुँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com