देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै बिरोध गर्नेलाई चुनाव जितेर देखाउन दिए चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको बिरोधमा आवज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् ।
बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए ।