२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सकियो मतदान, नतिजाको प्रतीक्षा

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्र्तगत मतदान सम्पन्न भएको छ ।  निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको थियो । निर्धारित समयमा सवै मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

उपनिर्वाचनमा समग्रमा ६१ प्रतिशत हाराहारी मतदान भएको आयोगले जनाएको छ । यद्यपी केही स्थानको अपडेट भइरहेकाले केही यकिन तथ्यांक साढे पाँच बजेसम्म सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मतदान गर्ने समय साँझ ५ बजेसम्म निर्धारण भएकाले सो समयभित्र लाइन भित्र बसेकाले मतदान गर्न पाउने भएपनि त्यसबाहेकले मतदान गर्न पाउने छैनन् ।

आयोगका अनुसार जाजरकोट र काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा सोचेभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले केही मतदान केन्द्रमा बढिमा ८५ प्रतिशतसम्म मतदान पनि भएको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगले उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकेको थियो । आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने जनाएको छ ।  आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com