२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ आज

काठमाडौं – आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् ।

बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै  जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफू उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेकाे  जानकारी पनि गराइसकेका छन् ।

गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com