२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

चिनियाँ विदेशमन्त्री वाङको ‘सेड्युल’ : शिवपुरी हाइकिङपछि मात्र राजनीतिक भेटवार्ता

काठमाडौं । त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ फर्कदैछन् ।

फर्कनुअघि उनले नेपालका शीर्ष नेताहरुसँगग भेटवार्ता गर्दैछन् भने उनले नेपालको पर्यटकीय स्थलको पनि अवलोकन गर्दैछन् ।

शुक्रबार दिउँसो भारतबाट नेपाल आएका वाङले भोलिमात्र नेपालका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता सुरू गर्नेछन् ।

वाङले शनिबार बिहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् भने त्यसअघि बिहानै साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यतालिका रहेको छ ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा, आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ ।

भेटवार्तापश्चात आइतबार साँझ नै मन्त्री वाङ चीन फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com